२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेप्सेमा १५ अर्बको ऋणपत्र सूचीकृत


१८ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँको विकास ऋणत्रपत्र सूचीकृत भएको हाे ।

शुक्रबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ ‘ङ’ नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमो सूचीकृत भएको हो । उक्त ऋणपत्रको व्याजदर ४.३७ प्रतिशत रहेको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १७:०६