२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेप्सेमा एनएमबि क्यापिटलका दुई म्युचुअल फन्डकाे मूल्य समायोजन


१८ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका दुई फन्डको एकाइ मूल्य समायोजन गरेको छ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य समायोजन गरेको हो ।

शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको छ । समायोजनपछि एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १३:०२