२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

लुम्बिनी जनरल इन्स्याेरेन्सको १ लाख २२ हजार कित्ता लिलामी सेयर आजदेखि बिक्री खुल्ला


१८ भदाै, काठमाडाैँ । सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (भदाै १८ गते, शुक्रबार) देखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ४२१ रूपैयाँ ६३ पैसा ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले  असाेज १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त संस्थापक समूहकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १२:०२