२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

सामलिङ्ग पावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?


१८ भदाै, काठमाडौँ । सामलिङ्ग पावरको आईपीओमा आजदेखि बिक्री बिक्री खुला गरिएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज (भदौ १८ गते, शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न लागु गरिएको निषेधाज्ञाका कारण स्थगित भएको आईपीओ आजदेखि निष्काशन तथा खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओ छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गते बन्द हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १०:३७