१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सशस्त्र प्रहरी बलको वृक्षारोपण अभियान, महानिरीक्षक खनालले गरे सुरूवात

१७ भदाै, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहिबार आयोजित बृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिषरमा आयोजित उक्त बृक्षारोपण कार्यक्रमको शुभारम्भ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरे ।

सो अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत र सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुले सो अवसरमाबृक्षारोपण गरे ।

त्यसअवसरमा अम्बा १५, कागती ४, नासपाती १, आरुबखेडा ३, एभोगाडो ३, सुन्तला २, तेजपत्ता २०, ओखर ३, रुद्राक्ष २, रिट्ठा १३, अनार १, जुनार ३, ज्याकारण्डा १४, मेसेडोनिया ८, स्याउ २ र धुपी १० गरी जम्मा १ सय ४ वटा बिरुवा रोपिएको छ ।

अभियानको रुपमा सुरु गरिएको बृक्षारोपण कार्यक्रम भाद्र १८ गतेदेखि २० गतेसम्म सशस्त्र प्रहरी बल नेपालको देश भरका विभिन्न एकाईहरुमा समेत संचालन गरिने छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १४:३८