२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

समाज लघुवित्त र स्वस्तिक लघुवित्तको मर्जर नहुने, यस्ताे छ कारण


१७ भदाै, काठमाडौँ । समाज र स्वस्तिक लघुवित्त मर्ज नहुने भएको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज हुने सम्झौता भएपनि वार्षिक साधारण सभाले त्यसलाई अस्वीकृत गरेको हो ।

समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गत असोजमा मर्ज हुनेसम्वन्धी सम्झौता भएको थियो । तर बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएसँगै मर्ज नहुने भएको हो । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा एक सूचना प्रकाशन गरी बहुमतको कदर गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज गर्न नसकिने जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १७:२१