२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेप्सेमा १२ लाख कित्ता बोनस सेयर सूचिकृत


१७ भदाै, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।स्टकका अनुसार सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे १२ लाख कित्ता सेयर सूचिकृत भएको हाे ।

कम्पनीकाे जेठ २८ गते सम्पन्न भएकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । साेही बोनस सेयर नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १५:११