२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेप्सेमा २ बैंकको ऋणपत्र सूचीकृत, कुनकाे कति कित्ता ?


१७ भदाै, काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ऋणपज्ञ सूचीकृत भएको हो । नेप्सेका अनुसार लक्ष्मी बैंकको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८’ को २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले असार २८ गते सोमबारदेखि साउन ५ गतेसम्म १० वर्ष अवधिको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । उक्त ऋणपत्र बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, बिहीबार नेप्सेमा मुक्तिनाथ विकास बैंकको ऋणपज्ञ सूचीकृत भएको हो । बैंकको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ को १२ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ नामको १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १४:५८