१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

डिप्रोक्स लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१७ भदाै, काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १२:५०