६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एनआईसी एशिया ब्यालेन्स्ड र ग्रोथ फण्डले लाभांश वितरण गर्ने


१७ भदाै, काठमाडौँ । एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बुकक्लोज मिति तोकिएको छ । दुबै फण्डले भदौ २७ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसैले आज भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

दुबै फण्डले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई ३०–३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । दुबै फण्ड एनआईसी एशिया बैंकद्वारा प्रबद्र्धित तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छन् ।

एनआईसी एशिया क्यापिटलको श्रावण १५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ११:४५