१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?


१६ भदाै, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सानिमा लाईफको २ करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत हाे । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’ (SLI) सिम्बोल पाएको छ ।

नेप्सेले कम्पनीको आईपीओलाइ न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज तोकेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले साउन २० गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणलाई प्राथमिक सेयर जारी गरेको थियो । कम्पनिको आईपीओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १४:२०