२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई अनुमति, दुवै डोज खोप लगाएको र पीसीआर रिपोर्ट अनिवार्य

१६ भदौ, काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् । नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

उनकाअनुसार पाँच हजार एक सय दर्शक रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्नेछ । यस्तै पीसीआर रिपोर्ट भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ ।

टिकट दर भने अहिलेसम्म तय भएको छैन । बैठक बसेर टिकटको दर तोक्ने तयारी एन्फाले गरेको छ । खेल भोलि बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १३:४०