१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डले घोषणा गर्याे लाभांश

१६ भदाै, काठमाडौँ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश घोषणा गरेका छन् । सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले आफ्ना इकाईधनीलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । फण्डको भदौ १५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ११:५९