२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

पहिरोका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध, पहिराे पन्छाउन दिनभर लाग्ने

३ साउन, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०६:५९