४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अब इपिएल विजेताले ५० लाख पाउने

१५ भदौ, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो । ९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो ।

यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन् । चितवन टाइगर्सले बुधबार टिमको घोषणा गर्ने भएको छ ।प्रतियोगिता ९ देखि २३ असोजसम्म काठमाडौंमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज यस प्रतियोगिता खेल्नेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १६:१५