१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेप्सेमा अरुण काबेलीको सेयर मूल्य समायोजन

१५ भदाै, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्जमा अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै आज नेप्सेमा अरुण काबेली पावरको १७ प्रतिशत बोनश सेयरमूल्य समायोजन भएको हो ।

समायोजन भएसैगै कम्पनिको सेयर मूल्य ६८१ पुगेको छ । गत आइतबार कम्पनिको सेयर प्रतिकित्ता ७९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आइतबार अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन भएको हो ।

अरुण काबेली पावरले १७ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्न भदौ २६ गते साधारण सभा डाकेको छ । बोनस शेयर वितरण गरेसँगै १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले पारीत गर्ने छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १४:१६