१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेप्सेमा एनआईसी एशिया सेलेक्ट-३० फण्ड सूचीकृत

१३ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘एनआईसी एशिया सेकेक्ट–३०’ फण्ड सूचीकृत भएको छ । स्टकका अनुसार फण्डको १२ करोड ५० लाख इकाईहरू सूचीकृत भएको हो । फण्डलाई दाेश्राे बजारमा काराेबार गर्न NICSF सिम्बाेल प्रदान गरेकाे छ ।

एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, सोमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोष बिक्री गरेको थियो । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो ।

जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ करोड रूपैयाँ बनाइएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १४:३७