१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओ कति पर्याे आवेदन

११ भदाै, काठमाडौँ । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा अहिलेसम्म करिब १७ हजारले आवेदन दिएका छन । उक्त आईपीओमा १६ हजार ९ सय ३२ जना आवेदकले १२ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको १२ लाख ३० हजार ७ सय ७७ कित्ताको लागि आवेदन दिएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जानकारी दिएको छ ।

साउन ३२ गतेदेखि कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थाीय बासिन्दाले न्यूनत्तम १० कित्ता देखि अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन । उक्त शेयरमा यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने कम्पनिले जानकारी दिएको छ ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको ( बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको ( बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १६:२०