१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

साहस उर्जाकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

११ भदाै, काठमाडाैँ । साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १०:५६