२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नेप्सेमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत


१० भदौ, काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडको २९.३८ प्रतिशत हकप्रद बापतको ५६ लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १६:३५