१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१० भदौ, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । बुधबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको सुनकाे मूल्य आज तोलामा२०० ले घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार ११:४०