२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आईसीसी यू-१९ विश्वकपको एसिया छनोट रद्द

१० भदाै, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेको छ । आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ ।

एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ । छनोट रद्द भएसँगै नेपालको यू-१९ विश्वकप खेल्ने सपना सकिएको छ ।

यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ । अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् । युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार ०७:५८