१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मन्त्रिपरिषद् विस्तारमा असफल देउवा जनताको ढाड सेक्न सफलः फेरि बढ्यो पेट्रोलको मूल्य

७ भदौ, काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा असफलप्रायः बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने गरी  डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासमा मूल्यमा वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार २२:४२