२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

७ भदाै, काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले  नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले  सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । क्यानले नयाँ जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो ।

डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त राखेका थिए । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती डिजाइनमध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ ।

क्यानले पोखरेललाइ नगद पुरस्कारसमेत दिएकाे छ । ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अ‍ेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोली  मंगलबार ओमान जादैछ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:२५