१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउँछन आवेदन ?

७ भदाै, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलमीमा विक्री खुल्ला भएको छ । लघुवित्तले १ लाख ६२ हजार ७ सय ८९ कित्ता शेयर लिलामीमा विक्री खुल्ला गरेको हो । हाल कायम रहेको संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सक्ने छन ।

 कम्पनिले आज एक सुचना जारी गदै संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने जानकारी दिएको छ ।

शेयर खरीद गर्न चाहाने इच्छुक आवेदकले सुचना जारी भएको ३५ दिभित्र लघुवित्तको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन फारम बुझाउन सक्ने छन । सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त शेयरमा आवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा शेयर विक्री प्रक्रिया अगाडि बढाउने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १६:१४