५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विवाद अन्त्य भएको भन्दै कार्यालय सचिव तामाङले एमालेजनलाई दिए बधाई

७ भदाै, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विवाद अन्त्य भएको भन्दै नेता कार्यकर्तामा बधाई ज्ञापन गरेका छन । एमालेमा देखिएको आन्तरिक समस्या समाधान भएको भन्दै सामाजिक सञ्जाल मार्फत उनले खुशी बाँडेका हुन ।

तामाङको टिप्पणी यस्तो छ

पछिल्लो समयमा नेकपा (एमाले) मा देखिएको आन्तरिक समस्या समाधान भएको छ । भोलि भाद्र ८ गते ११ बजे तुल्सी लाल स्मृति भवनमा नेकपा (एमाले) स्थायी कमिटीको बैठक बसेर पार्टीलाई आन्तरिक रुपमा मजबुद र ब्यबस्थित बनाउने भएकाले सम्पुर्ण एमालेका समर्थक शुभचिन्तकहरुमा बधाई ज्ञापन गर्दछु । सम्पूर्ण एमाले पंक्ति अब कुनै फुटपरस्त गतिबिधिमा नलाग्न अनुरोध गर्दछु । पार्टीको आन्तरिक एकताको पक्षमा उभिएर सम्पूर्ण कार्यकर्ता पंक्तिमा खुशीको संचार दिन सफल सम्पूर्ण नेतागणमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १५:२१