१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नुवाकोट बासिले बुद्धभुमि हाइड्रोपावरको आईपीओमा ईसेवाबाट पनि आवेदन दिन सक्ने

७ भदाै, काठमाडाैँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको  साधारण सेयर (आईपीओ) मा ईसेवाबाट पनि आवेदन दिन सकिने भएको छ ।

आईपीओमा आवेदन दिनका लागि ईसेवा  खाेलेर BBHCL – IPO (Nuwakot Only) मा क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता उल्लेख गरेर प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयर मध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले आईपीओमा छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेकाे छ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १४:११