१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आफ्नै छोरी बलात्कार गर्ने नेपाली सेनाका पूर्वजम्दार पक्राउ

७ भदाै, काठमाडौँ । आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए । उनीमाथि गत वर्षको माघ २० गते आफ्नै १४ वर्षीय छोरी बलात्कार गरेको आरोप लागेकाे श्रेष्ठले बताए ।

‘उनीमाथि आफ्नै छोरी बलात्कार गरेको भन्दै भदौ  ४ गते किटानी जाहेरी परेको छ । सोही आधारमा पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ’ श्रेष्ठले भने । २०७७ साल माघ २० गते राति आफ्नै घरमा धम्की दिँदै डर देखाएर छोरीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पनि अघि बढाइसकिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १२:०६