१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

यी ४ तरिकाबाट हेर्नुहोस् मानुषी लघुवित्तको आईपीओ रिजल्ट

७ भदाै, काठमाडाैँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड भएको छ । लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ ।

गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो। लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ ।

मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://www.manushilbs.com/

https://nsbl.statebank/home

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १०:३९