१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मानुषी लघुवित्तको आईपीओ साेमबार बाँडफाँड हुने

६ भदाै, काठमाडाैँ । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे साेमबार बाँडफाँड हुने भएकाे छ । उक्त आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते सम्पन्न भएकाे थियाे ।

लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ११:०३