११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

अस्थायी, करार र ज्यालादारीमा रहेका ३० हजारभन्दा बढी कर्मचारी एकै पटक हटाइदै

२ साउन, काठमाडौँ । सरकारले तल्लो तहका अस्थायी, करार र ज्यालादारीमा रहेका ३० हजारभन्दा बढी कर्मचारीलाई एकैपटक हटाउन लागेको छ । सरकारी निकायमा कार्यरत ३० हजार बढी त्यस्ता कर्मचारीलाई हटाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई विदा गर्न लागिएको हो । जागिरबाट हटुन्पर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलित छन् ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार ०९:१४