२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

वार्षिक ६८ करोडको इन्धन चोरी, सेक्युरिटी लकिङ सिस्टमले ट्यांकर चालक तनावमा

२ साउन, काठमाडौँ । वार्षिक रुपमा ६८ करोडको इन्धन चोरी हुने गरेको तथ्य पुष्टि भएको छ । विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चोरी भएको तथ्य पुष्टि भएको आजको नागरिक दैनिकले लेखेको छ ।

विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकर चालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिमाण नआएको निगम र पम्प सञ्चालकले बताउँदै आएका थिए । नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो ।

निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चोरी नियन्त्रण भएको छ । योसँगै चाेरेर खान पल्चेकाका ट्यांकर चालकहरू भने तनावमा देखिएका छन ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार ०९:००