२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले विभाजन गर्न ल्याइएको अध्यादेश विनाशर्त फिर्ता लिन योगेश भट्टराईको आग्रह

१ भदौ, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले दल विभाजनका लागि ल्याइएको अध्यादेशमा घोर असन्तुष्टि व्यक्त गरेका छन । आमाको शोकमा रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत विनाशर्त अध्यादेश फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग पनि गरेका छन ।

सचिव भट्टराईको टिप्पणी यस्तो छ, ‘राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब। देउपाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ । आमाको दुस्खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।’

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १७:११