२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रिय युवा संघ अध्यादेशविरूद्ध सडकमा, देउवा सरकारलाई घुँडा टेकाउने

१ भदाै, काठमाडाैँ । राष्ट्रिय युवा संघले एमाले विभाजनका लागि सरकारले ल्याएको अध्यादेशको चर्को प्रतिवाद गर्ने भएको छ । संघले मंगलबार साँझ ५ बजे नयाँ बानेश्वरमा विशाल प्रदर्शन गर्दैछ । ‘अध्यादेश चाहिदैन, पार्टी फुटाउन पाइदैन’ भन्ने नारासहित संघ सडकमा उत्रिएको हो । संघका अध्यक्ष किरण पाैडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई घुँडा टेकाउने चेतावनी दिए ।

सरकारले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याएको छ । अध्यादेश तत्कालका लागि एमाले विभाजन गर्न मिल्नेगरीमात्र ल्याइएको छ । यसको बिरोधमा एमालेका भ्रातृसंस्थाहरू सडकमा रहेका छन ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:३६