सामान्य अंकले बढ्यो नेप्से , १८ अर्ब २० करोडको कारोबार
१ भदाै, काठमाडौँ । मंगलबार सेयर बजार झिनाे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा पुगेकाे छ ।
आज सबैभन्दा बढी जीवन विमा समुहका लगानिकताले गुमाएका छन । भने विकास बैंक समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका हुन । आज दिनभर २२१ कम्पनिको ३० करोड ६१ लाख ३ हजार ४ सय ३९ कित्ता शेयर १ लाख ६१ हजार ७ सय २१ पटक किनबेच हुदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रुपैयाँको कारोबार भएको छ ।
आज विकास बैंक समुह २९२,हाईड्रोपावर ११६, फाइनान्स १४१ उत्पादन समुह ९, माईक्रोफाइनान्स समुह ५ अंकले बढेको छ । त्यसैगरी जिवन बिमा समुह २५१, निर्जिवन विमा समुह १३२, व्यापार समुह ५९, होटल एण्ड टुरीजम ३८,अन्य समुह ३५ बैकिङ समुह २३ अंकले घटेको छ ।
प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:४८












