२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले विभाजन गर्ने अध्यादेशको अनेरास्ववियूले सशक्त प्रतिवाद गर्ने

१ भदाै, काठमाडाैँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारले ल्याएकाे अध्यादेश जनविरोधी र दलिय व्यवस्थाविरुद्ध रहेकाले आज प्रदर्शन गर्न लागिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिए ।

साँझ ५ बजे भृकुटीमण्डपबाट अनेरास्ववियुले विरोध जुलुस निकाल्ने उनले बताए । अध्यक्ष महरले विरोध जुलुसमा सहभागी हुन पनि अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई अपिल गरेका छन । साथै, अनेरास्ववियुले देशैभरी विरोध गर्न मातहत जिल्ला कमिटिहरूलाई निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:१५