२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नयाँ दल आजै दर्ता गर्ने माधव नेपालको तयारी, होला त सम्भव ?

१ भदौ, काठमाडौँ । नेकपा एमाले विभाजनका लागि अध्यादेश ल्याउन अनुरोध गरेका माधवकुमार नेपालले आजै नयाँ दल दर्ता गर्ने तयारी गरेका छन । मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपितिले अध्यादेश जारी गरिदिएको खण्डमा आजै नयाँ दल दर्ताको तयारी गरिएको नेपाल निकटका एक सांसदले जानकारी दिए । उनले अध्यादेश जारी गर्न राष्ट्रपतिले ढिलाइ गरिदिएमा समस्या हुने भएकाले त्यसतर्फ पनि ध्यान केन्द्रीत गरिएको बताए ।

मन्त्रिपरिषद् बैठकले एमाले विभाजनका लागि अध्यादेश मार्फत कानुन संशोधनको काम गर्दैछ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अलग दल दर्ता गर्ने तयारी भइरहेको नेपाल निकट नेताले बताएका छन । माधव नेपालले तेस्रो र चौथोँ पुस्ताका नेताहरू समेटेर नयाँ दल घोषणा गर्ने तयारी छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १३:१२