२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

१ भदाै, काठमाडौँ । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

मिश्रलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले आजै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरकी थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १२:००