२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

रामकुमारी झाँक्रीसहित एमालेका ११ सांसदको पद धरापमा, हटाउने तयारी सुरू

१ भदौ, काठमाडौँ । नेकपा एमालेले मुकुन्द न्यौपाने र रामकुमार झाँक्रीसहितको ११ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । राजनीतिक अपराधमा संलग्न भएको अभियोगमा एमालेले समानुपातिक सूचीमा रहेका ११ सांसद हटाएर नयाँ ल्याउने तयारी गरेको छ । त्यसैका लागि एमालेले संसदीय दलको बैठक समेत बोलाएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोरक्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका थिए । उनीहरू निरन्तर एमालेबिरोधी गतिबिधिमा लाग्दै आएका छन ।

एमालेले सांसद पदबाट हटाउन लागेकाहरूमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादव । उनीहरू सबै समानुपातिक सूचीमा सांसद भएका व्यक्ति हुन ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०८:५२