२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट भयो : सुर्य थापा

३२ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता सुर्य थापाले संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको बताएका छन् । थापाले सामाजिक सञ्जालमा लेख्दै एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका व्यक्त गरे ।

थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ । गर शेबदे – सकेको गर !’

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार २०:०८