२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नेकपा (एमाले) विभाजनका लागि अध्यादेश ल्याइदै, माधव नेपालले नयाँ पार्टी बनाउने

३२ साउन, काठमाडाैँ । सरकारले नेकपा एमाले विभाजनका लागि राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनमा सहभागी एमालेको माधवकुमार नेपाल समूहलाई दल विभाजन गर्न सहजता प्रदान गर्न अध्यादेश ल्याउन लागिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ । सोही प्रावधान खुकुलो बनाए ‘केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत’ पुर्‍याए विभाजनका लागि पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउन लागिएको हो ।

अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १५:०३