घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
३२ साउन, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला १ ०० रुपैयाँले घटेरकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा काराेबार भएको छ । आज चाँदीको मूल्य ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भएको थियाे ।
प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ११:२४












