२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

काेराेना अपडेटः २२१२ संक्रमित थपिए, ३३ जनाको मृत्यु, १८६७ संक्रमणमुक्त

३१ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०८८ पीसीआर परीक्षण गर्दा १७९३ जना र ४०१८ एन्टिजेन परीक्षण गर्दा ४१९ गरी २२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । साेही अवधिमा १८६७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेका छन् । जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १७:०८