२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राजन भट्टराईको प्रश्नः लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ?

३१ साउन, काठमाडौँ । नेकपा एमालेका नेता एव विदेश विभागका प्रमुख डा. राजन भटटराईले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा भटटराईले लेखेका  छन्, ‘संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो । अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?

अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन् । धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १२:३९