२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

रामशरण महत र हितबहादुर तामाङको गाउँमा सूर्य झण्डा फहराउने एमालेको दाबी

-प्रशान्तजंग पाण्डे

३० साउन, नुवाकोट । नेकपा एमालेले पञ्चकन्या गाउँपालिकामा आगामी स्थानीय निर्वाचनमा बाजी मार्ने कार्ययोजना बनाएको छ । एमालेको नुवाकोट जिल्ला कमिटीको बैठकमा रिपोर्टिङ गर्नेक्रममा गाउँ संगठन कमिटीका अध्यक्ष रामनाथ खनालले आगामी स्थानीय तहको निर्वाचनमा चुनावमा बाजी मार्न कार्ययोजना सुनाएका हुन ।

बैठकमा सहभागी एक जिल्ला कमिटीका सदस्यले दैनिकीलाई दिएको जानकारी अनुसार खनालले अबको स्थानीय तहको निर्वाचनमा कुनै पनि अवस्थामा पञ्चकन्यामा एमालेले चुनाव जित्ने दाबी गरेका छन ।

खनाललाई उधृत गर्दै ती सदस्यले भने, ‘हामीले विगतमा जम्मा एक जनामात्र संगठित सदस्य रहेको वडानमा समेत एक सय भन्दा बढी सदस्यता वितरण गरेका छौँ । अन्य वडामा पनि हामीले मजबुद ढंगले संगठित सदस्यता वितरण गरेका छौँ । हामी अन्यन्त उत्साहित छौँ कांग्रेसका डा रामशरण, प्रकशरण महत र माओवादीका हितबहादुर तामाङको गृह गाउँ रहेको पञ्चकन्यामा एमालेको सूर्यध्वजाबहक उम्मेदवरा जिताउँछौँ र विजयको झण्डा फहराउँछौँ ।’

एमालेले पछिल्लो दिनमा नुवाकोटमा अभियानकै रूपमा संगठन विस्तार अभियान अघि बढाएको छ । कांग्रेस र माओवादीका धेरै युवाहरू पार्टी परित्याग गर्दै एमालेको सदस्यता लिइरहेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १३:३०