२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने

२९ साउन, काठमाडाैँ । सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने जानकारी गराउनु भएको हो ।

नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने सरकारको तयारी रहेको छ । यस्तै मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० शैयासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने छ ।

कोभिड–१९बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

मौद्रिक नीतिमा कोभिड–१९ सिर्जित स्वास्थ्य समस्याको उपचारमा सघाउ पु¥याउने जीवनरक्षक औषधि तथा स्वास्थ्य सामग्री उपकरणको आयातसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरी थप सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १९:४०