२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई घरमै गएर खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

२९ साउन, काठमाडौँ । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश  गरेका हुन् । खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १६:१२