दाङमा सुतेकै अवस्थामा सर्पको टोकाइबाट दुई जनाको मृत्यु
१ साउन, काठमाडौँ । दाङमा सुतेकै अवस्थामा सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुतेकै अवस्थामा सर्पले डस्ता दाङ बबई गाउँपालिका वडा नम्बर ४ हापुरेका २५ वर्षीय देवराज आलेको ज्यान गएको छ ।
सोमबार राति सुतेकै अवस्थामा सर्पले डसेको र मंगलबार बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय हापुरेले जनाएको छ । गर्मीका कारण भुईँमै सुतेकाले सर्पले टोकेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वाराका ४ वर्षीय झपेन्द्र विकको पनि सर्पको टोकाईबाट ज्यान गएको छ । उपचारका क्रममा बाँँकेको कोहलपुर मेडिकलकलेजमा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १३:१२