१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

साताको अन्तिम दिन १६ अंकले बढ्यो नेप्से, १७ अर्ब ५१ करोडकाे काराेबार

२८ साउन, काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजार १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ विन्दुमा पुगेकाे छ । नेप्से ०.५२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.४६ अंकले बढेर ५९१.१६ विन्दुमा पुगेको छ ।यो हालसम्मकै उच्च अंक हो ।

आज सबैभन्दा बढि विकास बैंकका लगानिकर्ताले कमाएका छन भने व्यापार समुहका लगानिकर्ताले सबैभन्दा बढि गुमाएका छन । आज विकास बैंक समुह ३४४.४१ अंकले बढेको छ भने व्यापार समुह ५९.१७ अंकले घटेको हो । आज दिनभर २२५ कम्पनिको ३६ करोड ६० लाख ८ हजार ४ सय ६१ कित्ता शेयर १ लाख ५४ हजार ६ सय ६० पटक किनबेच हुदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँँको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १५:३७