२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पोखरी केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

२८ साउन , काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार ११:१६